२०८३ कार्तिक २३ गते आईतबार

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल निर्वाचित, पक्षमा ३९ मत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
narayan_sharma

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा बहुमत सांसदले मत जाहेर गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

दाहालका पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।

दाहालले पाएको मत सभाको बहुमत भएकाले उनी निर्वाचित भएको सभाले घोषणा गरेको छ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।

यसअघि मंगलबारकै बैठकमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्ष/विपक्षमा मतदान भएको थियो।

शर्माका पक्षमा नेपाली कांग्रेसका १६ र लोसपाका एक सांसदले मत दिएका थिए।

५६ सांसद सहभागी बैठकमा शर्माको विपक्षमा ३९ मत परेको थियो। शर्माका पक्षमा परेको मत सभामा कायम सांसद संख्याको बहुमत नभएकाले दोस्रो प्रस्तावका मतदान भएको थियो।

गठबन्धनका दाहालले एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थन पाए।

राष्ट्रिय सभामा एमालेका १०, माओवादीका १८, नेकपा एसका ८ र जसपाका तीन सांसदले समर्थन गरेका थिए।

अध्यक्षमा निर्वाचित दाहालको परिवार भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बस्दै आएका छन्।

२०३१ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

२०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली ब्युरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज बनेका थिए। २०६३ सालको अन्तरिम व्यवस्थापिका सदस्य दाहाल पहिलो संविधान सभामा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए।

२०७८ चैत २५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएका थिए।

राष्ट्रिय सभामा उनको कार्यकाल सकिन चार वर्ष बाँकी छ।

प्रकाशित: २०८० फाल्गुण २९ गते मङ्गलबार ०१:२८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना