काठमाडौँ– गृहमन्त्री रवि लामिछानेले सुन तस्करलाई उन्मुक्ति दिनेलाई पनि कारबाहीको दायरामा ल्याउनले बताएका छन्। सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन्।
अनुसन्धान गर्ने निकायले कतिपयलाई जोगाएको आरोप लागेकोतर्फ संकेत गर्दै उनले प्रतिवेदनअनुसार सबैलाई कारबाहीको दायरामा ल्याउने लामिछानेले बताएको उनको सचिवालयले जानकारी दिएको छ।
‘विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानूनको मातहतमा ल्याउनेछु’, लामिछानेको भनाइ उदृत गर्दै उनको सचिवालयले जारी गरेको नोटमा भनिएको छ, ‘प्रतिवेदन कार्यान्वयनको चुनौती म आफैंले सामना गर्नेछु।’
आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन मन्त्री लामिछानेलाई बुझाएको थियो।
सुन तस्करीमा उच्च तहका माओवादीका नेताहरू संलग्न भएको आरोप लागेको छ। पूर्वसभामुख कृष्णबहादुर महरा, हालका अर्थमन्त्री वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरू सुन तस्करीमा संलग्न भएको आरोप लागेको थियो।


