काठमाडौँ- सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालय लाजिम्पाट पुर्याइएको छ।
सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो।
उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
सुन तस्करी प्रकरणमा उनको बयान लिने तयारी सीआईबीले गरेको छ।





