काठमाडौं- आफ्ना बडीगार्डलाई पक्राउ गरिएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालत पुगेका छन्।
प्रसाईं बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन्।
उक्त निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
प्रसाईंका दुई जना बडिगार्डलाई अत्याधुनिक हतियारसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो।
इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पनि पक्राउ गरिएको भन्दै उनीहरुलाई थुनामुक्त गरिनुपर्ने प्रसाईंको माग छ।


