काठमाडौँ– सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बढुवा गरी सचिव बनाउने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा ७ जना कोरियाली र ३ जना नेपाली गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ।


