२०८३ कार्तिक १६ गते आईतबार

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागीे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
aaditya_moxadham_4_2B74Oh5J9c

काभ्रेपलाञ्चोक- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गरेका छन्। धामको अवलोकनपछि उनले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाए।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गरेका थिए। यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गरेका थिए। प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य (बाल योगी) को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए।

केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आएका आदित्य दाहाल हाल १४ वर्षको भए। चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थालेका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति दिएको बताए। ‘आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्नसक्ने अलौकिक क्षमता देखिन्छ, उनका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् ममनयोग्य पनि छन्’ उनले भने।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिए। कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो।

सो अवसरमा मोक्षधाम निर्माण समितिका संयोजक रामेश्वर थापाले हाल आदित्य स्तम्भको निर्माण भइरहेको जानकारी गराउँदै धाम क्षेत्रमा एक सय आठ धार्मिक (अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण) संरचना निर्माण हुने बताए। उनका अनुसार ऋषिभूमि–यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने उद्देश्यका साथ आदित्य मोक्षधाम निर्माण सुरु गरिएको हो।

मोक्षधामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रुपमा परिचित गरी एक धार्मिक गन्तव्य बनाइने परियोजना तयार गरिएको छ।

प्रकाशित: २०८० चैत १२ गते सोमबार ०६:२६
प्रतिक्रिया

थप समाचार

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

जनकपुरविरुद्ध बलिङमा पोखरा

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स...

२२ करोड घाटाबाट १० करोड नाफामा फर्कियो सिटिजन्स बैंक, खराब कर्जा कति?

बैंकको नाफामा सुधार आउनुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थापन खर्चमा आएको कमी र सञ्चालन खर्च नियन्त्रणमा रहनु हो। स
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना