विराटनगर- नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम-२ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ।
कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले मंगलबार केन्द्रमा चार जनाको नाम केन्द्रलाई सिफारिस गरिएको बताए।
उनका अनुसार धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिएको छ।
संघीय सत्ताको नेतृत्वमा रहेको माओवादी केन्द्रभित्र इलाममा एकल प्रतिस्पर्धा गर्नुपर्ने दबाब छ।
एमालेले आफ्ना उम्मेदवारलाई समर्थन गर्न माओवादी र रास्वपालाई आग्रह गरेको छ।
तर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड उम्मेदवार खडा गर्ने वा नगर्ने पक्षमा मौन छन्।
इलाम-२ मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको छ।
नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ।
इलाम-२ : कांग्रेसले केन्द्रमा पठायो आकांक्षीको नाम, अलमलियो माओवादी


