गण्डकी- नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्।
स्थायी कमिटी सदस्य समूहका क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत पाए। अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे।
अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन्। उपाध्यक्षमा भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी भएका हुन्।
पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए।
पृथ्वीसुब्बा र खगराज समूहले प्यानल बनाएर निर्वाचनमा गएका थिए।


