काडमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्रीले विश्वासको मतका लागि चैत १९ गते प्रस्ताव पठाएको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो।
हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई मन्त्री बनाएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन्।
गत फागुन २३ गते नेपाली काङ्ग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल सरकार अल्पमतमा परेको थियो।
जम्मकट्टेलको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसका ७ जना गरी ५५ सांसद छन्। ११० जना सदस्य रहने प्रदेश सभामा बहुमतका लागि ५६ जनाको समर्थन जुटाउनुपर्ने हुन्छ।
हानेपाका २ जनाले समेत समर्थन गरेको अवस्था जम्कट्टेलले विश्वासको मत पाउनेछन्।
तर हानेपा अध्यक्ष अनन्तराज घिमिरेले भने बज्राचार्यलाई कारबाही गर्ने बताइसकेका छन्।
यस्तो अवस्थामा जम्कट्टेलले विश्वासको मत पाउने/नपाउनेमा शंका छ।
यता कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ जना सांसद छन्।
हानेपा भन्छ- प्रचण्ड र ओलीले अपहरण गरी बज्राचार्यलाई मन्त्री बनाए, कारवाही गर्छौं


