२०८३ कार्तिक २३ गते आईतबार

पाँच जनाको मृत्युसँग सम्बन्धित स्वास्थ्य पूरक बनाउने कारखानामा जापानी प्रहरीको छापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १७
aerynaope

टोक्यो- जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन्। उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै अस्पताल भर्ना भएका छन्।

सार्वजनिक प्रसारक एनएचकेसहित जापानी टिभी समाचारहरूमा व्यापकरूपमा देखाइएको छापामा गाढा रङको सुट लगाएका करिब एक दर्जन व्यक्तिहरू कोबायाशी फर्मास्युटिकल कम्पनीको ओसाका संयन्त्रमा पसेका थिए।

कम्पनीले मिर्गौला फेल हुने बिमारीको सही कारणबारे अत्यन्त कम जानकारी भएको बताएको छ। सरकारी स्वास्थ्य अधिकारीहरूको सहकार्यमा उत्पादनहरूको अनुसन्धान भइरहेको छ।

सबै पूरकहरूले ‘बेनिकोजी’ को प्रयोग गर्थे। कोबायाशी फर्मास्युटिकल्सको बेनिकोजी कोलेस्टे हेल्प नामक गुलाबी चक्कीहरूलाई कोलेस्ट्रलको स्तरलाई कम गर्न सहयोग गर्ने बताइएको थियो।

पश्चिमी जापानी सहर ओसाकास्थित कोबायाशी फर्मास्युटिकल्सले पछिल्लो तीन आर्थिक वर्षमा करिब १० लाख प्याकेज बेजिकोजी बिक्री गरेको बताएको छ। कम्पनीले बेनिकोजीलाई अन्य निर्माताहरूलाई पनि बिक्री गरेको छ र केही उत्पादनको निर्यात पनि गरेको छ। पूरकलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि पसलमा खरिद गर्न सकिन्छ।

बेनिकोजीको प्रयोग वर्षौंदेखि विभिन्न उत्पादनमा भइरहेको भए पनि सन् २०२३ मा स्वास्थ्य समस्याहरूको रिपोर्ट आएको थियो।

कम्पनीका अध्यक्ष अकिहिरो कोबायाशीले तत्काल कारवाही नगरेकामा माफी माग्नुभएको छ। कम्पनीको समस्याका बारेमा आधिकारिक मेडिकल रिपोर्ट प्राप्त भएको दुई महिनापछि मार्च २२ मा यी औषधि फिर्ता गरिएको छ।

उक्त उत्पादन प्रयोग गरेपछि पाँच जनाको मृत्यु भएको र अन्य एक सय १४ जनाको अस्पतालमा उपचार भइरहेको कम्पनीले शुक्रबार बताएको छ। जापानको स्वास्थ्य मन्त्रालयले मृत्यु र बिरामीका लागि पूरक जिम्मेबार रहेको बताउँदै प्रभावित मानिसहरूको सङ्ख्या बढ्नसक्ने चेतावनी दिएको छ।

केही विश्लेषकहरूले हालैको कमजोर अनुगमन पहललाई दोष दिएका छन्। उनीहरूका अनुसार कमजोर अनुगमनले आर्थिक विकासलाई गति दिनका लागि स्वास्थ्य उत्पादनहरूको अनुमोदनलाई सरल र गति दिएको छ।

यद्यपि उपभोक्ता उत्पादनहरूमा सरकारी जाँच तुलनात्मकरूपमा अपेक्षाकृत कडा भएकाले जापानमा ठूलो मात्रामा उत्पादित वस्तुहरूबाट मृत्यु विरलै हुन्छ।

सरकारले पूरकसम्बन्धी रोगहरूको प्रतिक्रियामा अनुमोदन प्रणालीको समीक्षा गर्न आदेश दिएको छ। यसको प्रतिवेदन मेमा आउन बाँकी छ।

प्रकाशित: २०८० चैत १७ गते शनिवार ०८:०२
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना