२०८३ कार्तिक २३ गते आईतबार

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छ : ऊर्जामन्त्री बस्नेत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १७
eaoyaer

हेटौँडा- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताएका छन् ।

मकवानपुरमा जारी माझी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनमा आज उहाँले कृषिमा आत्मनिर्भर बनाउनका हरेक किसानको खेतमा सिँचाइको व्यवस्था गर्न सरकार लागिपरेको बताए।

उनले जनताको आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउन वर्तमान सरकारको नेतृत्व गरिरहेको दलले नै व्यवस्था बदलेका कारण पनि जनताको अवस्था बदल्ने वातावरण सिर्जना गर्दै लैजान जनमुखी बजेट ल्याउनेसमेत बताए।

उनले देशमा आर्थिक समृद्धि र सशासन कायम गर्न वर्तमान सरकार लागिरहेको बताए।

मन्त्री बस्नेतले उत्पीडित र विषेश जातिहरूको संरक्षण राज्यले नै गर्ने बताउँदै राज्यको व्यवस्था परिवर्तनसँगै संविधानले गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने पनि बताए।

त्यस अवसरमा पूर्वसभामुख ओनसरी घर्तीमगरले जातीय उत्पीडनका निम्ति नै सङ्गठन बनेका कारण एकढिक्का बन्न आग्रह गर्दै माझीका अधिकारलाई स्थापित गर्न लागिपर्ने बताए।

पूर्वमन्त्री सुदन किरातीले माझी समुदायले आफ्नो संस्कृतिको जगेर्ना गर्दै अधिकार स्थापित गर्न र पहिचान जोगाउन लागिपर्नुपर्ने बताए।

माझी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तुलाबहादुर माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सङ्घीय सांसद उर्मिला माझी, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका इन्चार्ज विजय गौतम, जिल्ला संयोजक सर्केश घलानलगायतको उपस्थिति थियो।

प्रकाशित: २०८० चैत १७ गते शनिवार ०९:५०
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना