दाङ- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।
उनलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बहुमत अर्थात ४४ सांसदको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका महरालाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
महरालाई माओवादी सहित एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन छ।


