काठमाडौँ- संसदमा खेल्ने भूमिकाका बारेमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले छलफल गर्ने भएका छन्। संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो।
संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
संसद् बैठक चैत २७ गते (मंगलबार) बोलाइएको छ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए।


