विराटनगर- नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सोमबार विराटनगरमा बसेको माओवादी संसदीय दल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाली कांग्रेसका सांसद केदार कार्की नेतृत्वमा माओवादी सरकारमा सामेल थियो।
संसदीय दलका नेता इन्द्र आङ्बोले माओवादी पार्टीबाट कार्की सरकारमा रहेका तीनै जना मन्त्रीले राजीनामा दिने बताए।
माओवादीबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेती कार्की सरकारमा मन्त्री छन्।
माओवादीले कार्की सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
केदार कार्की सरकारलाई ढालेर (एमाले) संसदीय दल नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने माओवादीको तयारी छ।


