चितवन- नयाँ वर्ष २०८१ सालको पहिलो दिन देवघाटमा स्नान गर्नेको भिड लागेको छ।
वैशाख संक्रान्तिको अवसर पारेर त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटधामको वेणीमा स्नान गर्ने धर्मावलम्बीको भिड लागेको हो।
देवघाटको वेणीमा स्नान गर्नाले मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ।
सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ।
नयाँ वर्षमा दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ।
आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ।
नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ।





























