काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।
बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्। कुल ४० सदस्यीय प्रदेश सभामा ३५ सांसद उपस्थित थिए।
कँडेलको विपक्षमा ११ र १ मत तटस्थमा परेको थियो।
प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्।
यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन्।
कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।


