इलाम- इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बूलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
रास्वपाको चुनाव चिह्न घण्टी लाएर मतदान केन्द्र घुमेका लिम्बूलाई स्पष्टीकरण सोध्न आयोगले निर्देशन दिएको हो।
लिम्बूले रास्वपाको चुनाव चिह्न घण्टी भएको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्न निर्देशन दिइसकिएको बताए।


