काठमाडौँ- शनिबार बझाङ ‘क’मा प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले झन्डै दोब्बर मतको अग्रता बनाएको छ।
छबिसपाथिभेरा गाउँपालिकाका वडानम्बर १ र २ को मत गणना हुँदा एमालेका दमन भण्डारीले ७५७ मत ल्याएर फराकिलो अग्रता बनाएका हुन्।
भण्डारीलाई पछ्याएका नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत मात्र पाएका छन्।
माओवादी केन्द्रका दिलबहादुर सिंहले २२६ मत ल्याएर तेस्रो स्थानमा रहँदा माओवादी केन्द्रका जनकबहादुर बुढाले ११५ मत पाएका छन्।


