काठमाडौँ- बझाङमा नेकपा एमालेलाई पछिपार्दै कांग्रेसले अग्रता लिएको छ। प्रदेश सभा १ (क)को उपनिर्वाचनमा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन्। उनले २६४ मतले अग्रता लिएका छन्।
सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन्। उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन्।
राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन्।


