काठमाडाैँ- इलाम -२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता काएम छ। मतगणनाको पछिल्लो परिणाम अनुसार सुहाङले प्रतिस्पर्धीलाई २ हजार ६ बढी मतले पछि पार्दै अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८९८ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ६ हजार २८२ मत आएको छ। स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गरेका छन्। यस्तै रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १ हजार ३०५ मत प्राप्त गरेका छन्।


