दमक- कक्षा १२ को परीक्षा लेखेर फर्कंदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ।
झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रा एनिका अधिकारीमाथि गोली प्रहार भएको हो।
हिमालय माविकी छात्रा अधिकारीको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमकमा भर्ना गरिएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार अधिकारी दमकमा डेरा बसेर पढ्दै आएकी थिइन्।
प्रहरीका अनुसार सिरहाका अमितकुमार यादवले बाटो ढुकेर उनीमाथि गोली हानेका हुन्।
गोली हान्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ।


