भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर खड्का विजयी भएका छन्।
निवर्तमान अध्यक्ष शरणकुमार राईलाई हराउँदै खड्का विजयी भएका हुन्।
शनिबार राति सम्पन्न मतगणनाअनुसार खड्काले राईलाई ९४ मतले पछि पार्दै जित हासिल गरेका हुन्। खड्काले ३१५ र राईले २२३ मत पाए।
त्यस्तै उपाध्यक्षमा किरण राईले ३२० मत ल्याएर विजयी भए। प्रतिद्वन्द्वी कृपाशुर राईले २१६ मत पाए।
सचिवमा ३४५ मत ल्याएर एक्सन राई विजयी भए। उनी नेपाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष पनि हुन्। उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र कार्कीको १७३ मत आएको थियो।
उपसचिवमा २९५ मत ल्याएर दौलतकुमार राई विजयी हुँदा प्रतिस्पर्धी जगतबहादुर चौहानले १७० पाए।
महिला उपसचिवमा रमादेवी राईले २९४ मतका साथ विजयी भइन्।
सदस्यहरूमा इन्द्र थापा, नवीन प्रधान, बद्रीनाथ निरौला, राजेश कटुवाल, रेवतीरमण थापा, आशादेवी राई, सुस्मिता राई र संगीता काडेल चौहान विजयी भए।
जिल्ला कमिटीमा ९० जना चयन भएको नवनिर्वाचित सचिव एक्सन राईले बताए।
नेतृत्व चयनका लागि ६०८ प्रतिनिधिमध्ये ५७३ जना मतदानमा सहभागी थिए।
