पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी सभामुख कृष्ण धितालले गरेको घोषणाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ।
सभामुख धितालले नै अल्पमतलाई बहुमत भनी घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित बनेको हो। सभामुखलाईसमेत जोडेर सरकार गठन भएको विषयमा असन्तुष्टि राख्दै आएको
६० सदस्य रहेको प्रदेशसभामा ३० जनाको मतलाई नै सभामुख धितालले बहुमत भनेर घोषणा गरिदिएपछि कांग्रेसले कालो टालो देखाएर विरोध जनाएको हो।
गण्डकीका सभामुख कृष्ण धितालले असंवैधानिक काम गरेको नेपाली कांग्रेसको आरोप छ।
आइतबार संसद् बैठकमा सभामुख धितालले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत मिलेको घोषणा गरेका थिए। सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरिरहेकै अवस्थामा बैठक समापन भएको घोषणा सभामुखले गरेका थिए।
मुख्यमन्त्री अधिकारीको पक्षमा ३० मत परेको थियो। यसअघि ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ लाई बहुमत मानिँदै आएको थियो। तर, वैशाख १७ गते सर्वोच्चले ५९ सदस्यीय सांसद संख्या मानेकाले ३० जनाबाट नै बहुमत जुट्ने व्याख्या गर्दै सभामुख धितालले बहुमत पुगेको व्याख्या गरेका थिए।
सभामुख धितालले ३० लाई नै बहुमत घोषणा गरी असंवैधानिक काम गरेको आरोप लगाउँदै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने निर्णय लिएको छ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० सांसद भएपनि सोही संख्यालाई बहुमत घोषणा गरेको भन्दै कानुनी उपचार खोज्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा परेको थियो।
संविधान अनुसार आफ्नो मतसमेत सुरक्षित नै रहेको स्मरण गराउँदै सभामुख धितालले अधिकारी सरकारलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए।
संविधानको विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै कांग्रेस सांसदहरुले भने नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
मतदानमा ५९ सांसद सहभागी थिए ।कुल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने अभ्यास यसअघि हुँदै आएको थियो।


