काठमाडौँ- त्रिभुवन विमस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना म्यानेरजरलाई कारबाही गरेको छ।
फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको विमानस्थल प्रवेश गर्ने पास निष्क्रिय बनाइएको प्राधिकरणले जानकारी दिएको छ। चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेकोकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको पास निष्क्रिय बनाइएको जानकारी दिए।
‘चरा ठोक्किएको प्रमाण नपाइएकाले फ्लाई दुबईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ,’ प्रवक्ता निरौलाले भने। ‘जहाजमा समस्या आएको हो, प्रमाण पेस गर्न भनेका छौँ।’
सोमबार राति ९:२० मा दुबईका लागि काठमाडौँ विमानस्थलबाट टेक अफ गर्ने बित्तिकै जहाजमा चरा ठोक्किएकाले जहाजलाई पुनः अवतरण गराउन लागिएको भनी समाचार सम्प्रेषण भएका थिए। त्यस विषयमा छानबिन भइरहेको प्राधिकरणले जानकारी दिएको छ।


