काठमाडौँ– आलुको पकेट क्षेत्र पनौती सुन्थानका किसान आलु खन्न व्यस्त छन्।
नेपालका अधिकांश क्षेत्रमा आलु उत्पादन भएपनि नेपाल यसमा आत्मनिर्भर भने छैन।
३४ लाख ८० हजार मेट्रिक टन आलु उत्पादन गर्ने नेपालीले ३७ लाख ९४ हजार मेट्रिक टन खाने गरेका छन् ।
नेपालीको भान्छामा सबैभन्दा बढी प्रयोग हुने तरकारी आलु चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालमा ५ अर्ब ३९ करोड मूल्यबराबरको आयात भएको छ।
पुससम्म करिब साढे ५ अर्बको काँचो र फ्रोजन गरी साढे २१ करोड केजी आलु आयात भएको देखिएको छ।
नेपालमा भारत र बंगलादेशदेखि इण्डोनेसियासम्मबाट आलु आयात हुने गरेको छ।
















