२०८३ कार्तिक २१ गते शुक्रबार

गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैन : सञ्चारमन्त्री शर्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
rekha_sharma

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रात्मक शासन व्यवस्थामा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छन्। गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री शर्माले जतिसुकै माथिल्लो ओहदाको व्यक्ति भए पनि संविधान र कानुनको दृष्टिमा सबै समान हुने भएकाले सरकारले त्यसैअनुसार कानुन कार्यान्वयन गरिरहेको स्पष्ट गरिन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुँदै गर्दा गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको थियो। सामाजिक न्याय, समृद्धि तथा सुशासनको पक्षमा दृढतापूर्वक काम गरेकाले व्यवस्था र परिवर्तनका पक्षमा नकारात्मक भाष्य चिर्न सरकार सफल भएको छ’, नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले भनिन्, ‘सूचना र सञ्चारका क्षेत्रमा पनि हामी गुणात्मक उपलब्धि हासिल गर्न सफल भएका छौँ।’

मुलुकले पूर्वाधार विकासमा फड्को मार्दै गएको र अभ्यासका क्रममा कुनै कमी कमजोरी भएमा दोषीको भागिदार सम्बन्धित व्यक्ति हुने तर गणतन्त्रात्मक व्यवस्था भने नहुने स्पष्ट गर्दै उनले व्यवस्थालाई सबल बनाउने सवालमा जनताबाट आउने खबरदारीलाई सरकारले ग्रहण गर्ने बताइन्।

गणतन्त्र स्थापनापछि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको तथ्यलाई प्रचारप्रसार गरी नयाँ पुस्तामा सकारात्मक भाव प्रवाह गर्नुपर्ने खाँचो औंल्याउँदै मन्त्री शर्माले राससले गणतन्त्र दिवसको सन्दर्भ पारी तस्बिर प्रदर्शनी गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशी व्यक्त गरिन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले गणतन्त्रले ल्याएका उपलब्धिको प्रचारप्रसार गर्ने उपयुक्त माध्यम राससको तस्बिर प्रदर्शनी भएको बताइन्।

थियो ।

प्रकाशित: २०८१ जेठ १० गते बिहिबार ०६:५९
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना