२०८३ कार्तिक २२ गते शनिवार

‘ठूलो आकारको नभई स्रोतको क्षमता हेरेर यथार्थपरक बजेट आवश्यक’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
jkdfg

ललितपुर- आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका आधारमा तथ्यपरक र यथार्थपरक विश्लेषणसहित आउनुपर्नेमा जानकारहरूले जोड दिएका छन्।

नेपाल बुद्धिजीवी परिषद्ले आज ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालयमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यदिशा’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन्।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था र स्रोतसाधनको सापेक्षतामा आधारित भएर बजेट ल्याइनुपर्ने बताए। ‘हाम्रो राजस्व, वैदेशिक सहायता, आन्तरिक ऋणलगायत स्रोतको अवस्था हेर्दा ठूलो आकारको बजेट बनाउन सक्दैनौँ। माग बढेको छ, त्यसकारण बजेटको आकार बढाई दिउँ भन्ने छुट हामीलाई छैन। ठूलो आकारको बजेट ल्याएर सुरूकै दिनमा बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था नआओस्’, पौडेलले भने। सोहौँ आवधिक योजना, सरकारको नीति तथा कार्यक्रम, सत्तारूढ दलको न्यूनतम साझा सङ्कल्पलगायत विषयमा आधारित भएर बजेट ल्याइनुपर्नेमा उनको जोड भयो।

अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान गर्नेगरी बजेट ल्याइनुपर्ने आवश्यकता पनि पौडेलले औँल्याए। ‘अहिले विदेशी मुद्राको सञ्चिति राम्रो छ तर त्यसको प्रयोग भएको छैन। ‘रेमिट्यान्स’ आइरहेको छ तर त्यसको सदुपयोग हुन सकेको छैन। बैङ्कमा तरलता राम्रो छ तर उत्पादन र रोजगारीका क्षेत्रमा लगानी भएको छैन। खराब कर्जाको स्थिति बढेको छ। उद्योगधन्दा एक तिहाइ क्षमतामा चलेका छन्। यी समस्या समाधान गर्नेगरी बजेट आउनुपर्छ,’ पौडेलले भने।

उनले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने मुख्य चुनौतीलाई चिर्ने गरी बजेट आउनुपर्ने बताए। ‘मानिसमा निराशा छ। उत्पादनका क्षेत्रमा उत्साहजनक अवस्था छैन। त्यसलाई चिर्ने गरी बजेट आउनुपर्छ,’ पौडेलले भने, ‘विकास अलमलिएको छ। त्यसलाई गति दिने गरी बजेट आउनुपर्छ।’

सामाजिक न्यायमा आधारित समाजावाद उन्मुख बजेटको दिशामा जानुपर्ने बेला आएको भन्दै पौडेलले बजेट विनियोजनमा तीन तहका सरकारबीच दोहोरोपन हुन नहुनेमा पनि जोड दिए। ‘आवश्यकता पहिचानबिना नै योजनालाई बजेट दिने गरिएको छ। प्रदेश, पालिका, सङ्घमा एउटै योजना छन्। जस्तो आयोजनालाई पनि योजना बैङ्कमा चढाई दिने समस्या छ। यस्तो प्रवृत्ति हट्नुपर्छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ’, उनले भने।

एमालेका केन्द्रीय सदस्य तथा बुद्धिजीवी परिषद् इन्चार्ज विद्या भट्टराईले संविधानले नै बजेट कस्तो बनाउने भनेर मार्गनिर्देश गरेको बताए। बजेटलाई आर्थिक दृष्टिकोणले मात्र नभई अर्थसामाजिक दृष्टिकोणले समेत हेर्नुपर्ने उनको भनाइ छ। ‘सैद्धान्तिकभन्दा पनि व्यावहारिक पक्ष र नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर बजेट ल्याउनुपर्छ,’ भट्टराईले भने, ‘हामीले बजेटलाई उत्पादनमुखी बनाउने कि उपभोक्तामुखी मात्रै बनाइराख्ने भन्ने मुख्य विषयमा पनि बहस आवश्यक छ। साथै सांसदका सुझाव बजेटमा समेटिएनन् भनेर गुनासो आउने गरेका गुनासालाई पनि ख्याल गरिनुपर्छ।’

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीले मुलुकको आर्थिक अवधारणा कस्तो हुने भनेर संविधानले नै निर्धारण गरेको र त्यसलाई कार्यान्वयनमा जोड दिइनुपर्ने बताए। नेपालको बैङ्किङ तथा वित्त क्षेत्रले वास्तविक क्षेत्रमा लगानी बढाउन नसकेको उनको भनाइ छ। बजेट बनाउँदा पूर्वतयारी भएका र कार्यान्वयनयोग्य आयोजनामा रकम हाल्नुनपर्ने भए पनि अहिले रातारात ‘प्रोजेक्ट बैङ्क’को सूचीमा योजना थपेर बजेट विनियोजन गर्ने तयारी भइरहेको उनको आरोप छ।

विज्ञहरूले अर्थतन्त्रको आकार र आम्दानीको स्रोत कम हुँदा बजेट व्यवस्थापनमा सकस पर्ने गरेको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र कृषि क्षेत्रबाट औद्योगिकीकरणमा जान नसकेर एकैपटक सेवा क्षेत्रमा जाँदा समस्या भएको धारणा राखे। ‘नीतिगत भ्रष्टाचार र साधारण खर्च बढेको तर विकास खर्च घटेको छ। साँवाब्याजमा ठूलो रकम खर्च भइरहेको, ‘रेमिट्यान्स’को पैसा घरायसी खपतमा धेरै खर्च हुने गरेको, सामाजिक सुरक्षालगायत कार्यक्रमले राज्यलाई दायित्व बढेको छ’, उनीहरूले भने।

प्रकाशित: २०८१ जेठ ११ गते शुक्रबार ०७:००
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना