नवलरासी- पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माणसम्पन्न भएको छ।
आज एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले प्रयोगशाला भवनको उद्घाटन गरे। उनले अस्पताललाई थप सेवा सुविधासम्पन्न बनाउन सबै राजनीतिक दल तथा अस्पताल विकास समिति लाग्नुपर्नेमा जोड दिए। मन्त्री पुन मगरले अस्पतालको विकासका लागि प्रदेश सरकारले सधैँ सहयोग गर्ने भन्दै अस्पताल कर्मचारीलाई सेवाप्रवाहमा दत्तचित्त भएर लाग्न आग्रह गरे।
प्रयोगशाला अस्पताल विकास समितको रु १६ लाख, रामग्राम नगरपालिकाको रु १० लाख, बर्दघाट नगरपालिका प्रतापपुर गाउँपालिकाको रु पाँचरपाँच लाख, समाजसेवीद्वय श्याम अग्रवालको रु सात लाख २१ हजार र सुरेन्द्रनाथ यादवको रु सात लाख ११ हजारको लागतमा निर्माण भएको हो।


