काठमाडौँ- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणको कार्यक्रम स्वीकृत गरेको गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुनका लागि राष्ट्रपतिको भ्रमण तालिका स्वीकृत गरिएको हो।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार जेनेभा भ्रमण सकेर राष्ट्रपति जर्मनी जानेछन्।


