२०८३ कार्तिक २१ गते शुक्रबार

नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३२
sryy

काठमाडौँ- बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा तीन दिने विज्ञान पत्रकारिता÷विज्ञान लेखन तालिम सुरू भएको छ।

समितिको सभाहल कीर्तिपुरमा आयोजित तालिममा विज्ञान पत्रकारितामा क्रियाशील पत्रकार तथा पत्रकारितामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीसहित देशभरका ७० जनाभन्दा बढीको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए।

आज तालिमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनीले विज्ञान क्षेत्रमा भएका उपलब्धि, समस्या, सम्भावना र राज्यले गरिरहेका क्रियाकलापबारे समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा तालिमले योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले समाजमा रहेका अन्धविश्वास र कुरितीबारेका धारणा बदल्न सबैभन्दा पहिले पत्रकार नै विज्ञानका आधारभूत मान्यताबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याए। ‘विज्ञान प्रविधिका क्षेत्रमा विश्व धेरै अगाडि बढिसकेको छ तर नेपाली समाज अहिले पनि गलत प्रथा, परम्परा र कुसंस्कारमै रुमल्लिएको अवस्था छ। सञ्चारकर्मीको सहयोगविना यो अवस्था बदल्न सकिँदैन’, पुडासैनीले भने, ‘त्यसैले यहाँहरूले विज्ञानका आधारभूत पक्ष र विज्ञान पत्रकारिताका विषयवस्तु बुझेमा हाम्रा प्रयासले पनि प्रतिफल प्राप्त गर्छन्। त्यही उद्देश्यले यो तालिम आयोजना गरिएको हो।’

उनले परिवर्तित समय सुहाउँदो ऐनका अभावमा नेपालको विज्ञान प्रविधि क्षेत्रले समस्या भोगिरहेकाले त्यसलाई सम्बोधन गर्न विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न र व्यावहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी दुई वटा विधेयक बनाउन लागिएको जानकारी दिँदै त्यसबारे राय तथा सुझावका लागि मन्त्रालयको वेभसाइटमा राखिएकाले प्रचारप्रसारका लागि आग्रह गरे।

कार्यक्रममा प्रा डा उदयराज खनालले नेपालमा विज्ञान प्रविधि क्षेत्रको विकास, विस्तार तथा उपलब्धिबारे पत्रकार जगत् जानकार बन्न आवश्यक रहेको बताए। पत्रकार जागरुक र जानकार भएमा नेपालको विज्ञान क्षेत्रले थप उपलब्धि हासिल गर्नसक्ने तर्क गर्दै उहाँले यसले सरकारी अधिकारीमा थप जिम्मेवारी बोध र नागरिकमा विज्ञानप्रतिको विश्वाससमेत वृद्धि हुँदै जाने धारणा राखे।

समितिका कार्यकारी निर्देशक डा शर्माले आमरूपमा प्रचारप्रसार नभएसम्म विज्ञान अपूर्ण हुने सन्दर्भ उल्लेख गर्दै यसमा सञ्चार र सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेकामा जोड दिए। ‘जबसम्म उपलब्धिको प्रचार हुँदैन, तबसम्म विज्ञान अपूर्ण हुन्छ तर नेपालमा विज्ञान क्षेत्रका विषयमा धेरै चिन्ता चासो व्यक्त भएको पाइँदैन। मिडियाले पनि विज्ञानका विषयलाई प्राथमिकता दिएका छैनन्, त्यसकारण त देशमा अपवाह र भ्रमहरूले स्थान पाइरहेका छन्। यो अवस्था बदल्न नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक छ’, उनले भने।

तालिममा विज्ञान तथा प्रविधिका प्रभावबारे प्रचार गर्न मिडियाको भूमिका, विज्ञान पत्रकारिताका चुनौती र विज्ञान प्रविधिसम्बन्धी जानकारी सम्प्रेषणमा वैज्ञानिकको भूमिका, विज्ञान पत्रकारिताको महत्व, उत्तरदायित्व, नैतिक र व्यवसायीकस्तर सुधार, वेबमा आधारित विज्ञान सञ्चार र सञ्जाल, सामाजिक समावेशीकरणका लागि विज्ञान सञ्चार, पत्रकारको व्यावसायिक क्षमता विकासलगायत विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिए।

प्रकाशित: २०८१ जेठ ३२ गते शुक्रबार ०८:२२
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना