काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरवार पुगेका छन्।
समसामयिक परिस्थिति र सरकारका कामबारे कुराकानीका लागि ओली सिंहदरवार पुगेको बताइएको छ।
शनिबार एमाले अध्यक्ष ओलीनिवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए।
पत्नी आरजूलाई साथमा लिएर देउवा बालकोट पुगेका थिए।
लगत्तै ओली प्रचण्डसँग भेटका लागि सिंहदरवार पुगेका हुन्।
देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भएका छैनन्।


