काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बुढानिलकण्ठस्थित देउवाको निवासमा सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।
प्रवक्ता प्रकाशशरण महतले सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए।
‘पार्टीको आन्तरिक विषयमाथि छलफलका लागि बैठक बोलाइएको हो,’ प्रवक्ता महतले भने।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
आइतबार ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन्।


