इटहरी- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण कांग्रेस र एमाले एक ठाउँमा आउने वातावरण बनेको बताएका छन्।
इटहरी उपमहानगरपालिकाको नगरसभामा उनले यस्तो बताएका हुन्।
‘हाम्रो चाहना २०८४ सम्म प्रतिपक्षमा बस्ने थियाे। कांग्रेस र एमाले एक ठाउँमा आउनुको मुख्य कारण प्रचण्डको अस्थिर चरित्र, चकचक र उपद्रो गर्ने र राजनीतिक मोलमोलाइ गर्नु नै हो,’ उनले भने।
समाजले विश्वास गुमाएको अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य गर्नुपरेकाे थापाले बताए।


