काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।
एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका हुन्।
केन्द्रमा नयाँ समीकरण बनेसँगै एमालेले माओवादी नेतृत्वको सरकार छाडेको हो।
एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित ५ जना मन्त्री राजीनामा बुझाएका छन्।
एमालेले मुख्यमन्त्रीको राजीनामा पनि माग गरेको छ।
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरेको छ।
कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दाबेदार छन्।


