वीरगञ्ज- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएको एन्जल बसमा सवार यात्रु र चालक दलका सदस्यहरूको नामावली प्राप्त भएको छ।
वीरगञ्जबाट काठकाडौँका लागि छुटेको बा प्र ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा बसका मालिक राजेन्द्र केसीसहितका यात्रु रहेको पर्सा प्रहरीले जानकारी दिएको हो।
उक्त बस वीरगञ्जको प्रतिमाचोकबाट छुटेको थियो। बस काउन्टरले दिएको यात्रुको विवरण अनुसार गाडी मालिक केसी, चालक जवाहिर महतो र चौधरी थरका सहचालकसहित यात्रुहरु थिए।
बसमा मुसर्वाबाट ७ जना भारतीय नागरिक पनि चढेका थिए।
उक्त बसमा सवारहरूको नामावली यसप्रकार छ।


