काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन्।
प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्री ओलीसहित चपलीमा एमालेका प्रदेश तथा जिल्ला तहका केही नेता सामेल छन्।
भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन्।
‘खासमा पूर्वनिर्धारित सेड्युलमा आउनुभएको हो,’ बज्राचार्यले भने, ‘सन्दर्भ यस्तो पर्योजस्तो देखिन गएको हो।’
ओलीले सोमबार राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनेछन्। सोमबारै करिब पूर्ण आकारको क्याबिनेट बनाउने तयारी रहेको एमाले स्रोतले बताएको छ।


