काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कांग्रेसका ८८ सांसद र एमालेका ७८ सांसदको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीको चौथो पटक प्रधानमन्त्री बनेका हुन्।
तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए।
ओली क्याबिनेटमा प्रकाशमान सिंह र विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्।
यस्तै, पृथ्वीसुब्बा गुरुङ, रमेश लेखक, शरदसिंह भण्डारी र आरजु राणा देउवाले पनि मन्त्री पदमा शपथ लिएका छन्।
यस्तै प्रदीप यादव, बलराम अधिकारी, दामोदर भण्डारी, नवलकिशोर साह सुडी, देवेन्द्र दाहाल, तेजुलाल चौधरी, प्रदीप पौडेल, अजय चौरासिया, बद्री पाण्डे, रामनाथ अधिकारीले पनि ओली क्याबिनेटका लागि मन्त्री पदमा शथप लिएका छन्।
यस्तै, विद्या भट्टराई, मानवीर राई, दीपक खड्का, ऐनबहादुर शाही र राजकुमार गुप्ताले पनि मन्त्री पदमा शपथ लिएका छन्।
कुन दलका कुन मन्त्री, कुन मन्त्रालयमा पाए जिम्मेवारी?
१) केपी शर्मा ओली : प्रधानमन्त्री (एमाले)
२)प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकास मन्त्रालय (कांग्रेस)
३) विष्णु पौडेल :उपप्रधान तथा अर्थ (एमाले)
४)पृथ्वीसुब्बा गुरुङ: सूचना प्रविधि तथा सञ्चार मन्त्रालय(एमाले)
५)रमेश लेखक: गृह (कांग्रेस)
६)शरदसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (लोसपा)
७)आरजु राणा: परराष्ट्र मन्त्रालय(कांग्रेस)
८)प्रदीप यादव : खानेपानी मन्त्रालय (जसपा)
९)बलराम अधिकारी: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय (एमाले)
१०)दामोदर भण्डारी: उद्योग वाणिज्य (एमाले)
११)नवलकिशोर साह सुडी : महिला बालबाबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (जसपा)
१२)देबेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (एमाले)
१३)तेजुलाल चौधरी : युवा तथा खेलकुद(कांग्रेस)
१४)प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय(कांग्रेस)
१५)अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय(कांग्रेस)
१६)बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय(कांग्रेस)
१७)रामनाथ अधिकारी : कृषि मन्त्रालय(कांग्रेस)
१८)विद्या भट्टराई : शिक्षा मन्त्रालय(एमाले)
१९)मानवीर राई : रक्षा मन्त्रालय(एमाले)
२०)दीपक खड्का : ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय(कांग्रेस)
२१)राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (एमाले)
२२)एनेबहादुर शाही : वन तथा वातावरण मन्त्रालय (कांग्रेस)


