काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा क्याबिनेट बैठक सुरु भएको हो ।
बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो। सरकारको प्रवक्ता समेत यही बैठकबाटै तोक्ने तयारी छ।
प्रधानमन्त्री शर्मा तथा दुई उपप्रधानमन्त्री एवम् मन्त्रीहरुसहित २२ जनाले सोमबार शपथ ग्रहण गरेपछि सबैले पदभार ग्रहण गरिसकेका छन् ।


