काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने सत्तापक्षका मूख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३१ गते सपथ ग्रहण गरेका थिए। संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
ओली क्याबिनेटमा नेपाली कांग्रेसका १० जना, एमालेका ९ जना, जसपाका २ जना र लोसपाका १ जना मन्त्री छन्।
कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ र लोसपाका ४ जना सांसद छन्।
विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ।


