काठमाडौँ- पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना भएका छन्।
डेंगु सक्रमण भएर ज्वरो आउने र जिउ गल्ने समस्या भएपछि चन्दलाई अस्पताल भर्ना गरिएको हो।
बुधबार दिउँसो पूर्वप्रम चन्द भर्ना भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
चन्दलाई वीर अस्पतालको भीआईपी कक्षमा राखिएको छ।


