२०८३ कार्तिक २२ गते शनिवार

काम नगर्नेलाई नछोड्ने प्रधानमन्त्रीको दृढता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
KP_SHARMA_OLI (4)

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने कसैलाई नछाड्ने दृढता व्यक्त गरेका छन्। गत सोमबार मन्त्री परिषद्को पहिलो बैठकमै प्रधानमन्त्री ओलीले कामन नगर्ने मन्त्री प्रति कठोर बन्ने संकेत गरेका छन्।
जनतामा निराशा छाएको कुरा पटक–पटक दोहो¥याउँदै प्रधानमन्त्रीले १ वर्षभित्र केही गर्न नसके देश दुर्घटनामा जाने बताए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री फेलियर बनाउन लाग्ने कर्मचारीलाई पनि नछोड्ने बताएका छन्।

ओलीले गत सोमबार प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेपछि ओलीले सोमबार सपथ लिँदै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

सोही दिनको मन्त्री परिषद्मा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कडा निर्देशन पनि दिएका हुन्। संसदको दुई ठूला दल मिलेर बनेको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उनको भनाइ थियो। त्यही भएर उनले मन्त्रीहरूलाई काम गरेर देखाउन ‘डेडलाइन’ दिएको स्रोतको भनाइ छ।

‘प्रधानमन्त्रीज्युले क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही गरेर देखाउन निर्देशन दिनुभएको छ। उहाँले परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई भन्नुभएको छ,’ बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भनेका थिए।

उनले सुरुमै सुशासनप्रति आफू प्रतिवद्ध रहेको र कसैले पनि त्यो सीमा पार गरेको देख्न नसक्ने बताएका थिए। ‘न मैले भ्रष्टाचार गर्नु छ, न अरुलाई गर्न दिन्छु। भ्रष्टाचार गर्ने जोकोहीलाई म छोड्दिनँ, यसमा म प्रस्ट छु, तपाईँहरू पनि हुनुस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाउने सफलताको योजना पनि सुनाएका थिए। ‘३ महिनाभित्र यो महसुस हुनुपर्‍यो कि मन्त्रीहरूले काम गर्न सक्छन्। ६ महिनाभित्र के(के काम गर्दैछ भन्ने कुराको खाका देखाउनुपर्‍यो। वर्ष दिनमा हामी त्यहाँ पुग्नपर्‍यो, जुन दिन जनताले आशाबाहेक अरु कुराको कल्पना नगरोस्,’ प्रधानमन्त्री ओलीले भने।

उनले मन्त्रीलाई असफल गर्न खोज्ने कर्मचारीलाई पनि नछोड्ने बताए। राम्रो सम्बन्ध राख्दाराख्दै पनि कर्मचारीले अटेरी गरे त्यो सैह्य नहुने प्रधानमन्त्रीको भनाइ थियो। ‘तपाईँ हामी सबै जना मिलेर काम गरौं। कर्मचारीको साथ र सहयोग पनि लिएर अघि बढौं। कर्मचारीले बदमासी गर्‍यो भने एक(दुईपटक सम्झाउँला, त्यस्ता कर्मचारीलाई तेस्रो पटकमा फायर गर्ने हो। जानाजान मन्त्रीलाई ुफेलियरु गराउने कर्मचारीलाई छोडिनन्,’ उनले भने।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकबाट ओलीले केही महत्वपूर्ण निर्णयसमेत गरे। ओलीले पहिलो बैठकबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटमा र प्यारा फिटसहित स्तरीय रंगशाला निर्माण गर्ने, विपद्‍मा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, जाजरकोट भूकम्पबाट क्षति भएका परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको रकम उपलब्ध गराउने, १ वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउनेलगायत निर्णय छन्।

प्रकाशित: २०८१ साउन ३ गते बिहिबार ०६:३४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना