काठमाडौँ- वरिष्ठ अधिवक्ता रमेश बडालले महान्यायाधिवक्ताको पदका लागि शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए।
राष्ट्रपति पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।
बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए।


