काठमाडौं– चार मन्त्रालय लिएर नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागि हुने भएको छ। मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई अर्थसहित चार मन्त्रालय दिन सहमत भएका हुन्। यससँगै कांग्रेस बिहीबार नै सरकारमा सहभागी हुनेछ।
कांग्रेसले रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मन्त्रीका लागि सिफारिस गरेको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए। मुख्यमन्त्री सिंहले लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।


