काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकार नियुक्त गरेका छन्।
उनको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् भने डा. युवराज खतिवडा आर्थिक सल्लाहकारमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए।
तर, आर्थिक सल्लाहकारमा नियुक्त भएका डा. खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए।
राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए।


