काठमाडौँ- उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूबाट कुनै अनैतिक कार्य नभएको उनको दाबी छ।
सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको उनको आरोप छ। उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।
‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान्,’ उनको वक्तव्यमा जिकिर छ, ‘अनैतिक कार्य मबाट भएको छैन र हुने छैन। मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ। कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ। मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन।’


