काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको तर ओलीका लागि आफूहरूले विश्वासको मत नदिए पनि गणितले साथ दिइरहेको अवस्था भएकाले विश्वासको मत नदिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
ओलीलाई विश्वासको मत दिने आधार नभएको पनि उनको भनाइ छ।
राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उनले बताए।
प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत माग्दैछन्।
उता ६ सांसद रहेको जनमतले भने ओलीलाई विश्वासको मत दिने निर्णय लिइसकेको छ।
ओली क्याबिनेटमा कांग्रेस, एमाले, जसपा र लोसपाका मन्त्रीहरु छन्।
बहुमत जुट्ने अवस्था रहेको भन्दै एमालेले दुई तिहाइ बहुमत पुर्याउन प्रयास गरिरहेको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्याउन १८४ जना सांसदको समर्थन चाहिन्छ।


