२०८३ कार्तिक २२ गते शनिवार

बागमती र लुम्बिनीमा सरकार गठन प्रक्रिया सुरु, कांग्रेस र एमालेको दाबी पेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
bb

काठमाडौँ- कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनेर एमालेले समर्थन फिर्ता लिँदा अल्पमतमा परेका वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका हुन्।

दुवै मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने योजना बनाए पनि प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। उनीहरूले राजीनामा दिए पछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

केन्द्रको भागबन्डाअनुसार वाग्मती सरकारको नेतृत्व कांग्रेसले पाएको छ। नुवाकोट–२ (१) बाट निर्वाचित कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा वाग्मतीमा एमालेसहितको सरकार गठन हुने भएको छ। संघीयता लागू भएयता वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ।

कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो। प्रदेश प्रमुख यादव शर्माले नयाँ सरकार गठन गर्न संविधानको धारा १६८ (२) बमोजिम साउन ८ सम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।

वाग्मतीमा नयाँ सरकार गठनको दाबी पेस गर्न कांग्रेस–एमालेले आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन्। उनीहरूले सोमबार नै दाबी पेस गर्ने तयारी गरेका छन्। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

वाग्मतीमा २०७४ माघ २९ मा माओवादीको समर्थनमा एमालेका डोरमणि पौडेल पहिलो प्रदेश सरकारको मुख्यमन्त्री बनेका थिए। उनीपछि २०७८ भदौ २ देखि सोही वर्षको कात्तिकसम्म मुख्यमन्त्री रहेकी एमालेकी अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मात्रै माओवादी सरकारबाहिर थियो। ०७८ कात्तिक ११ मा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बनेको तेस्रो सरकारयता माओवादी निरन्तर सत्तामा सहभागी छ। पाण्डे नेतृत्वको सरकारमा जम्कट्टेल आर्थिक मामिलामन्त्री थिए।

यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। कांग्रेसको समर्थनमा सोमबार बुटवलस्थित प्रदेश प्रमुखसमक्ष गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसद छन्। प्रदेश प्रमुख कार्यालयले सोमबार साँझ साढे ६ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको छ।

‘सोमबार बुटवलस्थित प्रदेश प्रमुखकहाँ एमाले दल नेता गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्छौं,’ कांग्रेस संसदीय दल सचेतक निमा गिरीले भनिन्। रूपन्देही–२ (१) बाट निर्वाचित एमाले पोलिटब्युरो सदस्य गिरी दोस्रो पटक मुख्यमन्त्री बन्दै छन्। यसअघि गिरी ०७९ पुस २७ मा माओवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

गत चैत २३ मा एमालेसहित एक स्वतन्त्र र पाँच दलको समर्थनमा महरा मुख्यमन्त्री बनेका थिए। तर केन्द्रमा गठबन्धन फेरिएसँगै एमालेका पाँच मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। विश्वासको मत लिने गरी आइतबार प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गरे पनि अन्तिममा महराले राजीनामा दिएका हुन्। प्रदेशसभामा एमालेका २९, कांग्रेस २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी ४, राप्रपा, लोसपा र जनमत ३र३, अशोक राई नेतृत्वको जसपा २, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १र१ र एक स्वतन्त्र सांसद छन्।

साढे ३ महिना सरकारको नेतत्व गरेका माओवादीका पोलिटब्युरो सदस्य महराले मुख्यमन्त्रीबाट राजीनामा दिनुअघि प्रदेशसभालाई सम्बोधन गर्दै केन्द्रको निर्देशन पालना गर्नुपर्ने दायित्वअनुसार राजीनामा दिनुपरेको बताए।

लुम्बिनी प्रदेश सरकार स्थापनादेखि नै निरन्तर सत्तामा रहेको माओवादी प्रतिपक्षमा पुगेको छ। पछिल्लो गठबन्धन फेरबदलपछि माओवादीनिकट लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन पनि राजीनामा दिने तयारीमा छन्। लुम्बिनीमा अहिले माओवादीका सभामुख तुलाराम घर्ती मगर छन्।

प्रकाशित: २०८१ साउन ७ गते सोमबार ०६:५८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना