काठमाडौँ- एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेताको सट्टा उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ।
यसअघि गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको भनिएपनि पार्टीको केन्द्रले हस्तक्षेप गरेर आचार्यलाई अघि सारेको हो।
एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेपाली कांग्रेससँगको समर्थनमा आचार्य मुख्यमन्त्री बन्ने बताए।
संसदीय दलका नेता गिरी पार्टीका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्।
पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै पार्टीका महासचिव निकट नेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको हो।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नबाट रोकिएपछि गिरीले असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टी संसदीय मूल्यमान्यता विपरीत गएको उनको आरोप छ।


