हेटौँडा- नेकपा एमालेले बागमती सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ।
मंगलबार बिहान एमालेले ६ जना मन्त्रीको नाम टुंगो लगाएको हो।
६ जनामध्ये ४ जना काठमाडौँ उपत्यकाका माात्र छन्।
काठमाडौँबाट प्रकाश श्रेष्ठ र अमन मास्के मन्त्री बन्नेछन्।
यस्तै ललितपुरका प्रेम भक्त महर्जन र भक्तपुरका किरण थापामगर मन्त्री बन्दैछन्।
चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई पनि एमालेले मन्त्री बनाउने तयारी गरेको छ।
प्रकाश श्रेष्ठ यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका थिए।
बागमतीमा कांग्रेस-एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन्। गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन्।
निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार बनाउने तयारी भएको हो।


