हेटौँडा- कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)लाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेस र एमालेले दाबी पेस गरेका छन्।
मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको भन्दै लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
बहादुरले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया पनि उपस्थित थिए।
मुख्यमन्त्रीमा दाबी पेस गर्न शर्माले मंगलबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
गत मंसिर ४ गते भएको निर्वाचनमा नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।


